२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सशस्त्र प्रहरीद्वारा २० वटा भैसी पक्राउ

Armed police arrested 20 buffaloes

वीरगन्ज । सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैधरुपले भित्राएको पशु चौपाया पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल पर्साले तस्करीको लागि भित्राएको २० वटा पशु चौपायाहरु नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको मोबाईल टोलीले वीरगन्जको रामगढवा स्थितबाट भन्सार छलि अवैध रुपमा भित्राएको पशु चौपायाहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताए।

पक्राउ गरेको भैसी ११ र पाडा ९ गरि जम्मा २० वटा पशु चौपाया ४ लाख ५१ हजार रुपैयाँको वीरगन्ज भन्सारको रोहबरमा लिलाम गरिएको सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस