२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बाँचिन् तर एक्ली भइन् डा. सृष्टि: डा. श्रीमानसँगै अस्ताए छोरा र छोरी, गुमाइन् बुबा-आमा पनि !

Dr. Shristi Tiwari Family

काठमाडौं । काठमाडौँमा शनिबार भएको सवारी दुर्घटनामा परि पाँच जनाको ज्यान गएको छ। काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको हो। दुर्घटनामा एकै परिवारमा तीन सहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको निधन भएको छ भने ज्यान गुमाउने अन्य तीन जना एकै परिवारका छन्।

दुर्घटनामा चालक डा. महेशकुमार गौतम र उनका दुई सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स गौतमको ज्यान गएको छ। त्यस्तै गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सामान्य घाइते भएकी छिन्। प्रहरीका अनुसार शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार ११ः५५ मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटरभन्दा तल खसेको थियो।

सृष्टि नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञका रुपमा कार्यरत रहेकी छन्। ज्यान गुमाउने ओमकार निधि तिवारी र कल्पना तिवारी सृष्टिका बुबा–आमा रहेका छन्। महेशले भने लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थमा एलर्जी सेन्टर सञ्चालन गर्दै आएका थिए। डा गौतम र डा. तिवारीले चीनबाट अध्ययन गरेर फर्केको बताइएको छ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस