२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दोहरी साँझ गएका श्याम देउवा माथि निर्घात कुटपिट, अस्पतालमा गयो ज्यान !

Shyam Deuba who had gone to Dohri was brutally beaten

काठमाडौं । कैलालीको अत्तरियामा कुटपिटबाट एक जनाको ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका स्थित अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिट हुँदा एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवा रहेका छन्। देउवाको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटल पुर्याएका थिए। उपचारकै क्रममा अस्पतालमा देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता चन्दले बताए। देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई जानकारी दिएको बताइएको छ। उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको छ।

प्रहरीले सो घटनाको सम्बन्धना अनुसन्धान सुरु गरिसकेको छ। अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता चन्दले बताए।

 

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस