२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जनयुद्ध र जन–आन्दोलनका सहिद परिवारद्वारा आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतवानी

काठमाडौं । जनयुद्ध र जन–आन्दोलनका सहिद परिवारले आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनको केन्द्रीय कार्य समिति सदस्य राजु महतोको प्रमुख आतिथ्यतामा र फतुवा विजयपुर नगरपालिकाको पूर्व उप–मेयर सहिद परिवार कान्ति देवी महतोको अध्यक्षतामा आइतवार बसेको प्रथम बैठकले माइतीघर मण्डलामा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बैठकले ⁠श्रदाञ्जली कार्यक्रम, नेपालको संविधानमा धारा ४२ को उप धारा (५) मा व्यवस्थित सहिद परिवारलाई न्याय एवं उच्च सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगार तथा आवास को बेवास्था गरिएको भएतापनि कार्यन्वयन गराउनका निमित्त काठमाडौंको माइतीघरबाट आन्दोलन गर्ने, ⁠विभिन्न नगरपालिका, गाउँपालिकाको सहिद सन्ततीलाई आ–आफ्नो कार्य क्षेत्र सम्हाल्नका लागि जिम्मा दिने पनि निर्णय गरेको छ । आन्दोलनको मिति भने अर्को बैठकले गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस