२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

उपभोक्ताको धारामा २४ सै घण्टा समान रूपमा खानेपानी उपलब्ध होस् – प्रधानमन्त्री

24 hours drinking water should be equally available in the stream of consumers - Prime Minister

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक, सुरक्षित र तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ताको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ। केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु।’

प्रधानमन्त्रीले सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा। दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस