२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सिरोसा बनिन् मिसेस नोबेल नेपाल-२०२४

Sirosa became Mrs. Nobel Nepal-2024

काठमाडौं । यसपालिको मिसेस नोबेल नेपाल २०२४को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यहि चैतमा इजिप्टमा हुने एन. एफ. इ.ए. अवार्ड-२०२४ मा इन्ट्री टिकट समेत प्राप्त गरेकी छिन् । हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा राजधानीको म्यूजिक सिटी स्टुडियोमा आयोजित कार्यक्रममा शिला श्रेष्ठ फस्ट रनर अप र जुना भण्डारी सेकेन्ड रनर अप रहन सफल भएका छन् ।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा “जती हेन्यो उती राम्रो” बोलको गीतमा ओपनिङ्ग नृत्य गरेका प्रतियोगीहरूले सुब्बाकै कोरियोग्राफिमा दुई साताको प्रशिक्षण पश्चात् स्टेजमा आफूलाई पारङ्गत रुपमा परिचय चरण, प्रश्नोक्तर र क्राउनिङ्ग चरणमा उतारेका थिए । कार्यक्रममा विविध सव-टाईटलहरू समेत वितरण गरिएको थियो जसमा सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, शिला श्रेष्ठ मोस्ट करिज्म्याटिक, जुना भण्डारी मोस्ट एट्राक्टीभ, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजे न्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासोनेट र रिया दाहाल वेस्ट फोटोजेनिक एवं पब्लिक भिडियो च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट, मोडल नायक मनिष राउत, मिसेस हिमालयन नेपाल २०२० माया लामा, व्युटिसियन नेपाल २०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल २०२३ अनुषा केसी रहेका थिए । कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए। विवाहित महिलाहरूले आफूलाई आफ्नो घरपरिवार, व्यवसाय सम्हाल्दै स्टेज सम्मको यात्रा तय गरी आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने कुरा दर्शाउन र महिलाहरूमा निहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस