२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

बालेनले पार्किङ निषेधित क्षेत्र बनाएपछि न्यूरोड बन्यो दुनियाँकै शान्त बजार

By giving this option, Balen banned vehicle parking on New Road

काठमाडौं । राजधानी काठमाडौंको मुटु मानिने ब्यापारिक हब न्यूरोड क्षेत्रमा आजबाट सवारी साधन पार्किङ निषेध गरिएको छ । न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको महानगरले जनाएको छ ।

त्यसको विकल्पमा महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । पार्किङ निषेध गरिएपछि सेवाग्राही भने आक्रोशित बनेका छन् । राज्यका निकायबाट भएको सुविधापनि खोसिएको भन्दै त्यहाँ पुगेका सेवाग्राहीहरुको गुनासो थियो । तर बजार हेर्दा अत्यन्तै शान्त छ । लाग्छ यो राजधानीमा रहेको व्यापारिक केन्द्र स्थल समेत विश्वकै शान्त छ ।

यो क्षेत्रलाई महानगर मेयर बालेन शाह पहिले नै नो पाकिङ बनाउन चाहान्थे । यसैले न्यूरोड क्षेत्रको नीजि क्षेत्रले उठाउने पाकिङ बन्द गर्ने निर्णय गरे । तर अदालत गएर कमाउन पल्किएले फेरि सुरु गरे । अदालतको साथ लिएर गलत कार्य गरिरहनेलाई ठेगान लगाउन बालेनले नयाँ तरिका अपनाए ।

 

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस