२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ललितपुरका नापी सर्वेक्षक र लेखापढी व्यवसायी घुससहित पक्राउ

काठमाडौं, माघ १० । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी साढे २ लाख घुससहित पक्राउ परेका छन्। मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनालाई घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

पक्राउ पर्नेमा नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी छन्। उनीहरूले जग्गा कित्ताकाट गरी जग्गा धनी प्रमाणपुर्जा बनाउनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप छ।

घुस मागेको सूचनापछि खटिएको अख्तियारको टोलीले उनीहरूलाई कार्यालय परिसरबाटै पक्राउ गरेको प्रवक्ता घिमिरेले बताए। उनीहरूले सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ लिइसकेका थिए। अख्तियारले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस