२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

भीषण आगलागी हुँदा ३९ जनाको मृत्यु

39 people died in the massive fire

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ। नौ जना घाइते भएका छन्। बुधबार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो। आगो राति ९ बजे मात्रै निभाइएको चिनिया अधिकारीले जनाएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको छ।

६ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी शुरू भएको हो। बेसमेन्ट भित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सो घटनाको अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा राखेका छन्।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस