२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुखलाई मेयर बालेनले सोधे स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्। क्षेत्राधिकार मिचेको पाइएपछि मेयर शाहले उनलाई सात दिने स्पष्टीकरण सोधेका हुन्।

काठमाडौं महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले सात दिनभित्र स्पष्टीकरण माग गरिएको बताए। सहप्रवक्ता अधिकारीका अनुसार कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए। समितिले गर्ने निर्णय उनी स्वयंले गरेको पाइएपछि स्पष्टीकरण सोधिएको अधिकारीको भनाइ छ।

‘प्रक्रिया नै मिचेर व्यक्तिगत रूपमा अनुमति दिएको पाइएपछि स्पष्टीकरण सोधिएको हो। उक्त निर्णय समितिमार्फत् मात्रै हुन्छ,’ अन्नपूर्णसँग अधिकारीले भने।

 

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस