२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सुरु भयो कर्णालीमा हिमपात

Snowfall has started in Karnali

गोल्डेन बुढा, जुम्ला । जुम्लासहित कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। गयराति साढे तीन बजेदेखि हिमपात सुरु भएको हो। जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो। बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो। हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।

हिउँ पर्दा किसानहरू भने खुसी भएका छन्। भर्खरै स्याउ बगैंचा व्यवस्थापन गरेका चन्दननाथ–४ देवीप्रसाद सिम्खाडाले अब बगैंचा सप्रने आशा पलाएको बताए। स्थानीय भक्तबहादुर बुढाका उच्च क्षेत्रमा आधा फिट र तल्लो भागमा पाँच इन्चसम्म हिउँ परेको छ।

हिउँ नपर्दा पातारासी, काञ्जिरोवा, भुरीचुला, चिमारामालिका लगायतका हिमालहरू कालापत्थर बनेका थिए। हिउँदेबाली सुकेर सोत्तर भएका थिए। जसका कारण किसान पनि चिन्तित बनेका थिए। यस्तै, कर्णालीको हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला र कालिकोटमा पनि हिउँ पर्न सुरु भएको छ।

 

 

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस