२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पक्राउ परेका धनाड्य चौधरी र थापाले बिरामीको बहाना पारेपछि चिरायु अस्पताल लगिँदै

Chaudhary and Thapa who were arrested were being taken to Chirayu Hospital after pretending to be sick

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका व्यवसायी अरूण चौधरी र अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिने भएको छ। बिहीबार पक्राउ परेका उनीहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उनीहरूलाई नियमित जाँचका लागि चिरायु अस्पताल लग्न लागिएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। ‘नर्मल चेकअप चिरायुमा हुन्छ। हामी त्यहीँ लग्छौं,’ उनले भने, ‘यो नियमित प्रक्रिया हो। उहाँहरूले आफ्नो स्वास्थ्य समस्याबारे बताउनुभएको छ। उनीहरुले आफूहरुमा जटिल स्वास्थ्य समस्या रहेको भन्दै उपचारका लागि अस्पताल लैजान भनेका थिए ।’

६२ वर्षीय चौधरी र ८२ वर्षीय थापा दुबै जनाले उच्च रक्तचापको औषधि खाइरहेको स्रोतले बतायो। उनीहरू दुबै जनालाई भर्ना गर्ने तयारीसहित चिरायु लैजान लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ। बाँसबारी जुत्ता कारखानाको दस रोपनी जग्गा हडपेको भन्दै सिआइबीले उनीहरू दुई जनालाई पक्राउ गरेको हो। उनीहरूले २०४२ सालयता पटकपटक गरी बाँसबारी जुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको आरोप छ। सिआइबीले उनीहरूमाथि किर्ते तथा ठगी कसुरमा अनुसन्धान अघि बढाएको छ।

 

 

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस