२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

१९ वर्षमुनिको विश्व कप : नेपाल आज भारतसँग खेल्दै

Nepal is playing against India today

काठमाडौं, माघ १९। आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा आज नेपालले आज भारतको सामना गर्दैछ । सुपर सिक्समा नेपालको यो अन्तिम खेल हो । नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा शुरु हुनेछ । यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना सुपर सिक्सअघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस