इटहरी / सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं ३ कि संसद, पुर्व मन्त्रि भगवती चौधरी संसद नचलेको समय निरन्तर जिल्ला मा रहेर जनताको घर दैलो मा हुनुहुन्छ। कहिले बृद्ध, असहाय लाई न्यानो कपडा बोकेर बस्ति बस्तीमा पुग्नु हुन्छ त कहिले जनताका समस्या बुझ्न घर दैलो मा। यसै क्रम मा क्षेत्र न ३ को रणनैतिक सडक चतरा नहर बाट एकम्वा, चांदबेला , औराबनी, छिटा चिमडी देखि अमरुवा सम्मको सडक खण्ड को चांदबेला खण्ड निरिक्षणमा पुग्नु भएको थियो।

सडकको अवस्था हेर्दा धुलो डुंग डुंग उडिरहेको जता ततै ढुंगा थुपारेर मानिस आवत जावत मै समस्या भएको, सडक को लेवल कतै अग्लो कतै होंचो थियो त्यसै क्रम मा साइकल यात्री बृद्ध लडेको देखेपछि तत्काल सडक बाटै सडक डिभिजन कार्यालय प्रमुख लाई फोन गरेर यसरि लापरबाही गर्ने ठेकेदार लाई तत्काल कारबाही गर्न भन्दै उहाले भन्नु भयो, तपाई तत्काल आएर अनुगमन गर्नुस्। तपाई आउँदा मलाई पनि खबर गर्नु म पनि आउनेछु। संसद चौधरीको फोन पछि सडक डिभिजन कार्यालय प्रमुख ले आफुले तत्काल निरिक्षण गर्ने र लापरबाही देखिए तत्काल कारबाही गर्ने प्रतिवद्धता गरे।

सडक निरिक्षण मा इनरुवा नगरपालिका वडा न ७ चांदबेला का कार्यबाहक वडा अध्यक्ष जय कुमार सिंह,नेकपा एमाले वार्ड नं ७ इन्चार्ज बन्नु चौधरी लगायत स्थानीय बासीको उपस्थिति रहेको थियो।
हेर्नुहोस् भिडियो।
उप्त सडक केपी ओली को दोस्रो कार्यकाल को सरकार ले ल्याएको योजना अन्तर्गत निर्माण भैरहेको छ। उप्त रणनैतिक सडक बसन्त नेम्वांग भौतिक योजना मन्त्रि भएको बेला बजेट बिनियोजन गरिएको सडक हो। सो सडक मा तत्कालिन सरकार ले २० करोड रकम बिनियोजन गरेको भए पनि सरकार परिवर्तन पछि १० करोड मात्र बजेट दिइएको छ। अनुगमनका क्रम मा स्थानीय जनप्रतिनिधिले आफु हरु संग ठेकेदार ले कुनै समन्वय नगरेको, हामीलाई परेको अप्ठारो सम्बन्धमा कुरा राख्दा कुनै सुनुवाई नगरेको गुनासो गरेको थिए।


