२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रुसी सेनामा रहेका नेपालीका आफन्तहरूले रुसी दूतावासको ध्यानाकर्षण गराउँदै

Relatives of Nepalese who are in the Russian army drawing the attention of the Russian Embassy

काठमाडौं । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले रुसी दूतावासलाई ध्यानाकर्षण गराउने भएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारलाई आग्रह गरेका उनीहरूले आज दूतावास पुगेर ध्यानाकर्षण गराउने भएका हुन् ।

रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरूले वैदेशिक रोजगारीका लाग दुबई कतार लगायतका देशमा गएका युवाहरू पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् । अहिलेसम्म १३ जनाको त्यहाँ मृत्यु भएको पुष्टि भए पनि कति भर्ना भएका छन् भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन ।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस