२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आगामी महाधिवेशनबाट कांग्रेसको सभापति बन्न चाहान्छुः शशांक कोइराला

Shashanka Koirala

 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि दाबी गर्ने भएका छन् । मंगलबार समुदायमा कांग्रेस अभियान अन्तर्गत दाङमा भएको कार्यक्रममा पूर्व महामन्त्रीसमेत रहेका कोइरालाले कांग्रेस परिवर्तन गर्ने हो भने नेतृत्वका लागि आफ्नो विकल्प नभएको बताएका छन् ।

नेता डा. कोइरालाले भने,‘ सभापति हुने इच्छा सबैको हुन्छ। पहिला मैले साथीहरूसँग कुरा गर्नुपर्छ। परिवर्तन चाहन्छन् कि चाहँदैनन्। परिवर्तन चाहँदैनन् भने मलाई सभापति बन्न मन छैन। चाहन्छन् भने अनि मात्रै म सोँच्छु।’

 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस