२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

एमसीसीको विद्युत प्रसारण लाइनका लागि हेटौंडा र कैलाशमा जग्गा अधिग्रहण गरिंदै

MCC agreement Nepal

२५ माघ, हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा–३ र हेटौंडा–११ का जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति लिन आउन प्रशासनमार्फत सूचना गरेको हो ।

घरगोठ, टहरा, कटेरा तथा रुख विरुवासमेत स्थानीय रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्व फरक पर्न गएमासमेत दाबी गर्न प्रशासनले १८ माघमा सूचना जारी गरेको छ । साबिक बसामाडी गाविस, नामटार गाविस, कालिकाटार गाविस र हेटौंडा-११ को जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस