२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

श्रीवास कृष्णदास ब्रह्मचारीको नक्कली पिएचड !

काठमाडौं । केही समयअघि सुवर्ण सेढाईं उर्फ श्रीवास कृष्णदास ब्रह्मचारीले आफूले पिएचडी गरेको भन्दै सामाजिक सञ्जालमा केही फोटाहरू राखेका थिए । धादिङस्थित नरसिंहधामका पीठाधीश श्रीवास कृष्णदास ब्रह्मचारी सुवर्ण सेढाईंंले अस्ट्रेलियाको वुलनगङ युर्निभर्सिटीबाट भौतिकशास्त्रमा पिएचडी गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता समेत दिएका थिए ।

उनले प्रमाणपत्र बोकेर खिचेका फोटा पनि सामाजिक सञ्जालमा राखे । यो समाचार सुनेर अधिकांश नेपाली खुशी भएका थिए । सनातन धर्म, हिन्दु धर्ममा विश्वास राख्नेहरूलाई निक्कै गौरवान्वित महसुस गरायो । नेपालमा कुनै एक धर्मगुरूले भौतिकशास्त्रमा पिएचडी गरेको सम्भवतः पहिलो थियो।

भौतिकशास्त्रमा पिएचडी गरेको व्यक्ति धर्म र विज्ञानमा खास प्रवचन दिने भनेर अस्ट्रेलिया नै आयोजित प्रवचन कार्यक्रमपछि उनको पिएचडी फेक रहेको पत्ता लागेको हो । अस्ट्रेलियाको ठूलो पब्लिक रिसर्च संस्थामा काम गर्ने आफैं भौतिकशास्त्रमा पिएचडी गरेका नेपाली वैज्ञानिकले धर्मगुरूले भौतिकशास्त्रमा पिएचडी नगरेको पुष्टि गरेका छन् । सेतोपाटीले उक्त दावी गर्दै समाचार लेखेको छ र  सेतोपाटीले गोपनीयताको कदर गर्दै उनको नाम गोप्य राखेको छ ।

उक्त विश्वविद्यालयका डाइरेक्टरले युर्निभर्सिटीले गोपनीयता र नियमका कारण केही सूचना दिन नमिल्ने तर वेबसाइटमा गएर ग्र्याजुसन लिस्टमा त्यहाँ पढेका विद्यार्थीबारे सबै खुलाइएकाले हेर्न सक्नुहुन्छ भनेर जवाफ दिएको कुरा उक्त समाचारमा लेखिएको छ । वेबसाइटमा सुवर्ण सेढाईंबारे केही देखिएन। डाइरेक्टर आफैंले पनि खोज्दा केही नभेटिएको भनेका छन्।

श्रीवास कृष्णदास ब्रह्मचारी सुवर्ण सेढाईंको पिएचडी थेसिस हेर्न वुलनगङ युनिभर्सिटीको लाइब्रेरी पेजमा हेर्दा त्यहाँ पनि भेटिएन। उनको नाम गुगल गर्दा, गुगल स्कलर, अर्किड, रिसर्च गेटमा कतै भेटिएन।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस