२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

एमाले केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० सम्म बस्ने

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। फागुन ८, ९ र १० गते बैठक बस्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

सातौं केन्द्रीय कमिटीको बैठकले संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना तय गर्नेछ। यस्तै, एमाले प्रचार विभागमा तीन जना सदस्य थपिएका छन्। एमाले प्रचार विभागमा माधव नेपाल, इन्द्र आचार्य र मणिराज बाँस्तोला थपिएका हुन्।

उक्त विभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन्। पहिला २१ जना रहेको विभागमा अब २४ सदस्य हुनेछन्।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस