२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सिन्धुलीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–९ आँपडाडामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता डिएसपी चिरञ्चिवी दाहालले जानकारी दिए।

डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको कुमरले चलाएको स १० प ३९०९ को मोटरसाइकललाई हरि राउतले चलाएको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए। घाइते राउतको खुट्टामा गम्भीर चोट लागेको छ। उनको सिन्धुलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस