२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

Bhatt appointed as Executive Director of Oil Corporation

काठमाडौँ । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा डा.चण्डिका प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को बैठकले तीन वर्षे कार्यकालका लागि भट्टलाई छनोट गरेको हो। आयल निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिए पछि रिक्त रहेको पदमा पदपूर्तिका लागि आह्वान गरिएको थियो। १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै भट्ट छनोटमा परेका हुन्।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका,२०७८ अनुसार १३ जना प्रतिस्पर्धीबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको थियो।

सिफारिसमा परेका डा.चण्डिका प्रसाद भट्ट, ईन्जियर डाक्टर डोल प्रसाद चापागाई र शत्रुघ्न प्रसाद पुडासैनी मध्येबाट सरकारले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो। भट्टसँग यसअघि पनि नेपाल निगममा कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ। नेपाल आयल निगममा स्वचालित मूल्य प्रणालीको शुत्रधार भट्ट हुन्। भट्ट विशेष आर्थिक क्षेत्र (सेज) को कार्यकारी निर्देशकमा कार्यरत रहेका छन्।

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस