२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

एमाले केन्द्रिय कमिटीमा नेताहरुको चिन्ता : ‘पार्टीको संसदीय भुमिका कमजोर भयो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रिय किमिटी सदस्यहरुले पार्टीको संसदीय भुमिका कमजोर भएको भन्दै आवाज उठाएका छन्। बुधबार च्यासलमा केन्द्रिय कमिटी सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रश्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुन आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनले आजको बैठकमा विभाजित भएका नौ वटा समूहमा पार्टीमा प्रश्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको बताए। ‘बिहीबारको बैठकमा छलफल भएका कुरालाई राख्नेगरी नेतृत्व तोकिएको छ’ उनले भने।

उनले प्रश्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको पनि बताए।

 

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस