२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

सुनको मूल्य बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

gold price today nepal

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य पन बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस