२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति

People's Power has received permission from the Electricity Regulatory Commission for issuance of rights

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

विद्युत नियमन आयोगको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत मंसिर १९ गते आयोगमा आवेदन दिएको थियो । अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेछ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस