जनकपुर । नेकपा (एमाले) का उपाध्यक्ष cलाई जनकपुरधाममा २ सय किलोको मालाले स्वागत गरिएको छ। धनुषामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताहरूले २ सय किलोको माला लगाएर स्वागत गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएपछि तयार गरिएको माला उनी नआएपछि उपाध्यक्ष पौडेललाई लगाइएको हो।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार

