२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

महासचिव लिएर बालुवाटार पुगे एमाले अध्यक्ष ओली

२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ फेरि बालुवाटार पुगेका हुन् ।

अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् । आजको छलफल सत्ता समिकरणमा समेत केन्द्रीत भएको स्रोतको दाबी छ । भेटमा मुख्यरूपमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) का बारेमा छलफल भएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस