२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

अब घरको नक्सा तथा जग्गामा घुस र झुट्टा पासका दिन सकिए, बालेनले ल्याए अद्भुत प्रविधि

काठमाडौं । जग्गा पास गर्दा घुस नख्वाई नहुने । अझ एउटाको जग्गामा अर्कै नक्कली मालिक बनेर झुट्टा पास गरेर ठग्ने दिन सकिए । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । जग्गा किनबेचमापनि यो चाँडै लागू गर्ने तयारी गरेको छ । मङ्गलबारदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो ।

विभागका स्ट्रक्चरल इन्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बूढी औंला र चोर औंलाको चिन्ह लिइन्छ । यसलाई अद्यावधिक (अपडेट) गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । इन्जिनियर पाण्डेका अनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ । ईवीपीएस प्रणालीबाट आवेदन दिनुअघि इन्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात सङ्कलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेश गरिन्छ । सामान्यतः यो प्रक्रियाका लागि घरधनीले इन्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ । यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो ।

“महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ,” पाण्डेले भने, “विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ । एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणाली (सिस्टम) ले नै हस्ताक्षर राखिदिन्छ । यो प्रणालीलाई अहिले सम्पत्ति कर आबद्ध भइसकेको महानगरले जनाएको छ । बैंकिङ प्रणालीसँग अटोमेसन भइसकेको छ भने भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोबाइलबाटै तिर्न सकिनेछ ।”

प्रणालीमा घरधनीकै मोबाइल नम्बर हुने भएकोले प्रमाणीकरण गर्न सहज हुनेछ । सम्पत्ति करसँग प्रणाली आबद्ध भइसकेकाले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड ९संकेत नं।० राखिसकेपछि मात्र पेज खुल्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस