२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

नयाँ सत्ता समीकरणमा जाने एमाले केन्द्रीय सचिवालयको म्याण्डेड : बालकोट बैठकका यी चार तस्बिर

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सकिएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमबार बिहान बसेको बैठकमा सत्ताको नयाँ समीकरण र टीआरसीबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष ओलीले हिजो राति प्रधानमन्त्री पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलबारे बृफिङ गरेका थिए । बैठकमा उनले सत्ता गठबन्धन संकटमा परेको उल्लेख गर्दै आफूहरू नयाँ ढंगले सोचेर तयारी गरेर अघि बढ्नुपर्ने बताए । सत्ता गठबन्धनको बैठक बसेपछि के हुन्छ ? त्यो हेरेर एमालेले निर्णय लिन्छ, एमाले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, एमाले नयाँ समीकरणमा जान सक्छ।

बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनको छलफलपछि फेरि माओवादीसँग छलफल गरेर अघि बढ्ने बताए । तर सत्ता गठबन्धनको बैठक नै अनिश्चित बनेको छ । माओवादीको ठूलो संख्याका पदाधिकारी अब कम्युनिस्टसँग मिलेर सरकार बनाउनुपर्नेमा एकमत छन् । प्रधानमन्त्रीलाई जतिसुकै अवसर आएपनि अहिले कांग्रेसलाई छोड्न दवाव छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस