२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते भएका छन्। कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको हो।

कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा बसले ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट सई खत्री घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनकाअनुसार घाइते खत्रीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। आइसियूमा राखेर उनको उपचार गरिएको छ।

‘बसले उहाँलाई ठक्कर दिएको स्‍पष्ट देखिएको छ, घाइतेको उपचार जारी छ,’ उनले भने, ‘चालक नियन्त्रणमा छन्। प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस