२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

चैतका लागि बैंकहरूले घटाए ब्याजदर, सबैभन्दा कमजोर बैकले नै सबैभन्दा धेरै ब्याज दिने

 

३० फागुन, काठमाडौं । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ ।

फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ । एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । बैंकबाट अत्याधिक निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 

बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
कृषि विकास ६.४४३ ५.६६
एभरेष्ट ८ ६.५
नेपाल ७.२५ ७
लक्ष्मी सनराइज ८ ७.५
माछापुच्छ्रे ८ ७.७५
एनआईसी एसिया ८ ८.५४८
प्रभु ७.५ ७.५
स्टान्डर्ड चार्टर्ड ७.३५ ७
राष्ट्रिय वाणिज्य ७.३५ ७
नबिल ७.७५ ७.२५
ग्लोबल आईएमई ७.६ ७.६
सिद्धार्थ ८ ७.५
प्राइम कमर्सियल ७.४ ७.२५
कुमारी ८.०१ ७.५१
सानिमा ७.५१ ७.२५
हिमालयन ८.१५ ७.५
नेपाल एसबीआई ८.१ ७.०१
नेपाल इन्भेष्टमेन्ट ८ ७
एनएमबी ८.५ ७
सिटिजन्स ८.२५ ७.७५

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस