२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुवास नेम्वाङ पुत्र अधिवक्ता सुहाङ एमालेको कानून विभाग सदस्य मनोनीत, इलाममा टिकट पाउने संकेत

काठमाडौं । नेकपा (एमाले) ले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ । महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् ।

सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् । यो मनोनयसँगै सुहाङलाई इलाम २ को उपनिर्वाचनमा टिकट दिने सजिलै आँकलन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस