२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

एमाले-माओवादी सहकार्य एकतासम्म पुग्ने विश्वास छ : ठाकुर गैरे

१ चैत, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ सहकार्य एकतासम्म पुग्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले नयाँ सत्ता समीकरण राजनीतिक स्थायित्वका लागि भएको बताए । ‘राजनीतिक स्थायीत्वका लागि नयाँ समीकरण बनेको हो’ उनी थप्छन्, ‘भ्रष्टाचार, कमिसन तन्त्र तोड्दै जनतामा आशा र भारोसा थप्दै अगाडि बढ्ने अठोट लिएका छौं ।’

यही फागुन २१ गते नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर एमाले, माओवादी केन्द्र, एकीकृत समावादी, रास्वपा, जसपाको नयाँ सत्ता समीकरण बनेको छ ।

नयाँ समीकरणमा रहेका दलहरुको सहकार्य एकतासम्म पुग्ने विश्वास सांसद गैरले व्यक्त गरेका हुन् । उनी भन्छन्, ‘म विश्वास राख्छु- आगामी दिनका नेपालका कम्युनिस्ट पार्टीहरुबीचमा भएको यस सहकार्यलाई मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त लोकतन्त्रवादी शक्तिहरुको बीचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरण विकास हुने दिशामा हामी अगाडि बढ्ने छौं ।’

 

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस