२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं, चैत ५ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको छ।

शुक्रबार प्रतितोला चार सय रूपैयाँ, आइतबार पनि प्रतितोला चार सय रूपैयाँ र सोमबार प्रतितोला पाँच सय रूपैयाँ गरी सुनको भाउ लगातार तीन दिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १५ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १५ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस