२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

हाम्रो संयन्त्रले ४ वर्ष काम गरे कांग्रेसका कतिपय सांसदहरु जेल जान्छन् – गृहमन्त्री [ भिडिओसहित ]

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे। उनले कांग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए। ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौति दिए।

उनले कांग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित कांग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताए। चिटिक्क परेर अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे। बाँकी भिडिओमा हेर्नुहोस्

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस