२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

डढेलोले धरानमा खानेपानीको आपूर्ति बन्द, केटाकेटी खेलेजस्तो काम गरेको भन्दै मेयर हर्कको आलोचना

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङको अगुवाइमा श्रमदान गरेर निर्माण गरिएको कोका खोला खानेपानी आयोजनाको पाइप डढेलोले क्षति हुँदा आपूर्ति बन्द भएको छ। चैत ५ गते बराह क्षेत्रको डढेलो लागेको थियो। डढेलोले कोका खोला खानेपानीको पाइप जलेको धरानको खानेपानी बोर्डको कार्यकारी निर्देशक राजु पोखरेलले बताए। डढेलोले सात लाखको बराबरको पाइप जलेको पोखरेलले जानकारी दिए।

डढेलो लागेको खबर पाएपछि बोर्डको कार्यकारी निर्देशक पोखरेल सहित टोली मर्मतका लागि गएको थियो। फेरि डढेलो लागेपछि थप क्षति भएको जनाएको छ। बराह क्षेत्रका बासिन्दा, वन उपभोक्ता समूहको टोली, सशस्त्र प्रहरीको टोलीले डढेलो निभाएको छ। मेयर साम्पाङको नेतृत्वमा धरानका हजारौं बासिन्दाले श्रमदान गरेर खानेपानी आयोजना सम्पन्न भएको थियो। करीब सात करोडको लागतमा खानेपानी योजना तयार भएको थियो।

तर खानेपानीका पाइप भने जंगल क्षेत्रमा पनि खुलै राखिएका थिए। जसले गर्दा डढेलोले पाइप क्षति भएको जनाइएको छ। कोका खोलाको पानी धरानको वडा नं. ११ र १७ मा आपूर्ति हुँदै आएको छ। डढेलोले क्षति भएपछि खानेपानी आपूर्ति बन्द भएको छ। डढेलोबाट क्षति भएको ठाउँमा मर्मत सम्भारका लागि आजै टोली जाने पोखरेलले बताए। मेयर साम्पाङको नेतृत्माव टोली जान लागेको उनको भनाइ छ।

खानेपानी जस्तो संवेदनशील क्षेत्रको पाइप समेत बाहिर नै राखेर पानी ल्याएको त्यो केटाकेटी खेलाइ भएको भन्दै मेयर हर्क साम्पाङ्गको जनस्तरमा आलोचना भइरहेको छ । अपराधिक समूहले पाइपमा खराबी गरे लाखौंको स्वास्थ्यमा एकै पटक जोखिम हुने । आगलागी लगायत विभिन्न प्रकोपले बारम्बार क्षति हुने भएकाले स्थायी काम नगरेकोमा उनीहरुको आक्रोश छ ।

 

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस