२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

इलाममा सुवास नेम्वाङ पुत्र सुहाङलाई समर्थन जनाउन एमालेले रास्वपालाई अनुरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’

रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुने तय भएको छ ।

 

 

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस