२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

एमालेले ऐन महरलाई फेरि बनायो केन्द्रीय सदस्य

११ चैत, काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस