२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य

gold price today nepal

१५ चैत, काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेपछि बिहीबार तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबारपनि तोलामा ४ सय रुपैयाँ बढेको थियो । आज तेजावी सुनको मूल्यपनि प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्यपनि बढेको छ । अघिल्लो दिन बुधबार १ हजार ४९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बिहीबार १५१० रुपैयाँ प्रतितोला कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस