२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आपराधिक लाभ अभियोगमा नेतृ रक्षा बम पक्राउपछि अनेरास्ववियुको जिम्मेवारीबाट निकालिइन्

धनगढी । नेपाल प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमती उर्फ रक्षा बम निलम्बनमा परेकी छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले धनगढी घर भएकी बम निलम्बनमा परेको जानकारी दिए।

‘अनेरास्ववियु कानूनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रिया अवधिभर क. रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ।’

बमलाई महाराजगञ्ज प्रहरीले बुधबार पक्राउ गरेको थियो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बमविरुद्ध आपराधिक लाभ लिएको र चोरीको कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई मुद्दा हाल्ने रश्मिला कुनारी धामी पनि प्रहरीको फरार सूचीमा छन्। हालै अदालतले बमको मानहानी गरेको मुद्दामा धामी दोषी ठहर भएकी थिइन्। बम पक्राउ परेपनी बमले मुद्दा हालेकी धामी समातिएकी छैनन्।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस