२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

गगन थापाको कटाक्ष- एमालेमा बा, नयाँ दलमा भगवान् प्रश्नभन्दा माथि छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले र रास्वपा नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको भन्दै टिप्पणी गरेका छन् । दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै उनले कांग्रेसले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेको बताए ।

उनले भने- हामीले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका छौँ। हामीलाई यो मन पनि पर्छ। पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका छौँ। नेतालाई आफ्नो कुरा भन्न पनि पाउने, आफ्नो फरक मत राख्न पनि पाउनुपर्ने पार्टी हामीलाई मन पनि परिरहेको छ।

अरू पार्टी हेर्नुस् त। एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा। बाभन्दा मुनि सबै जना हुने। बा चाहिँ प्रश्न भन्दामाथि हुने। आलोचना जसले गर्छ त्यसलाई पार्टीबाट बाहिर निकाल्ने।

उनले रवि लामिछाने नेतृत्वको रास्वपामा पनि त्यस्तै प्रवृत्ति रहेको बताए । उनले भने- नयाँ पार्टीमा पनि त्यस्तै छ। अध्यक्ष भनेपछि भगवान्। भगवान् चाहिँ प्रश्नभन्दा माथि। भगवानले ठगेपनि लुटेपनि माथि हुने। त्यस्तो पार्टी पनि बनाउन मिल्छ। तर, हामीले त त्यस्तो पार्टी नबनाउने भन्यौँ। प्रश्न र छलफल गर्ने पार्टी भनेका छौँ ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस