२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

काठमाडौं र ललितपुरका यी स्थानमा आज बिजुली काटिने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज २ देखि ४ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंमा बाँसबारी, महाराजगञ्ज, मन्डिखाटार, गोल्फुटार लगायत महाराजगञ्ज वितरण केन्द्रको मन्डिखाटार महाराजगंज फिडर १ अन्तर्गत पर्ने स्थानहरूमा २ घन्टा बिजुली काटिने छ।

त्यहाँ ट्रान्सफर्मर अपग्रेडलगायतका काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म त्यस फिडरअन्तर्गतका क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ। त्यस्तै लगनखेल वितरण केन्द्रको जावलाखेल फिडर अन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, ए.भी.एम चोक लगायतका क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

ती क्षेत्रहरूमा विद्युत् कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले लाइन सटडाउन गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ। समयअगावै काम सम्पन्न भएको अवस्था चाँडै लाइन सुरू हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस