२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पोखराबाट हिँडेको जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

१८ चैत, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा भएको जीप दुर्घटनाका मृतकको पहिचान खुलेको छ । उक्त दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप भीरबाट खसेको छ । सल्लाघारीममा बस खस्दा १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस