२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कांग्रेसमाथी स्वर्णिम खनिए: आरोप लाग्नासाथ राजीनामा दिने गरौं, तपाईहरु को बाँकी रहनुहुन्छ ?

Swarnim Wagle

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले कुनै आरोप लागेमा पदबाट राजीनामा दिने र संसदीय छानबिन समिति गठनको नजिर स्थापना गर्न तयार हो भन्ने प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुनै आरोप लागेमा पदबाट राजीनामा दिने सहमती गर्ने हो भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘संसदीय छानबिन गर्न आपत्ति होइन, कस्तो नजिर स्थापना गर्न गइरहेका छौं भन्ने हामीले विचार गर्नुपर्ने हुन्छ। सर्वदलीय सहमति गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं, मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं, आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजीर स्थापना गर्न तयार हो ?’ यस्तो सर्वदलीय सहमति गर्ने हो भने रास्वपाले सबैभन्दा पहिला हस्ताक्षर गर्ने वाग्लेले बताए।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस