२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

जीबी राई गृहमन्त्रीको सम्पर्कमा रहेको कांग्रेसको ठोकुवा

Bishwa Prakash Sharma

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गोर्खा मिडिया प्रालिका संचालक जीबी राई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पर्कमा रहेको ठोकुवा गरेका छन्।

उनले बुधवारको प्रतिनिधिसभा बैठकमा यस्तो कुरा गरेका हुन। ‘हामीले पाएको सूचना अनुसार जीबी राई गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ। आकाशमा गएर लुक पातालमा गएर लुक भनिदिने तर सम्पर्कमा रहेको तथ्यमा पनि राख्न चाहन्छु’, महामन्त्री शर्माले भने, ‘उनी मलेसियामा छन् दुनियाँलाई थाहा छ।’

उनले गृहमन्त्री लामिछानेलाई मलेसियाको कानून पढाए। ‘मलेसियाको कानुन अनुसार यदि कुनैपनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनीतिक प्रक्रियाबाट माग गरियो भने सुपुर्दगी गर्न सकिन्छ। जीबी राईलाई लिएर आउने कुरामा किन ढिलाई भएको छ। गृहमन्त्री लामिछानेले राज्य व्यवस्था तथा सुशासन समितिमा सुपुर्दगी सन्धिअनुसार उनलाई ल्याउन नमिल्ने तर्क गरेका थिए।’

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस