२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

होस्टलको पाँचौ तलाबाट हाम फालेर १९ वर्षीया नर्सिङ छात्राले गरिन आत्महत्या

दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा नर्सिङ कलेजकी एक छात्राले होस्टलको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेकी छिन्। नर्सिङ पहिलो वर्षमा अध्ययनरत करिव १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्या गरेकी हुन।

हामफालेर गम्भिर घाईते भएकी उनलाई उपचारका लागि भक्तपुरको मध्यपुर अस्पतालमा भर्ना गरिएको थियो। गएराति ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दिपक खड्काले जानकारी दिए। पोखरा स्थायी घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन्।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस