२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रेमीलाई सँगै राख्नुपर्ने सर्त पतिले अस्विकार गरेपछि मर्नलाई विजुलीको खम्बामा चढिन् महिला

काठमाडौं । शोले फिल्ममा बसन्तीका लागि वीरू पानीको ट्यांकीमा चढेको त सवैलाई यादै होला। तर, भारतको गोरखपुरमा ‘बसन्ती’ आफ्नो ‘वीरू’ का लागि बिजुलीको खम्वामा चढेकी छिन्। ती वसन्ती एक्लै होईन, विवाहित महिला र ३ छोराछोरीकी आमा हुन। उनले आफुसँगै आफनो प्रेमीलाई पनि सँगै राख्न पतिसँग सर्त राखेकी थिईन। तर, पतिले उनको प्रश्ताव अस्विकार गरेपछि उनी विजुलीको पोलमा चढेको भारतीय मिडियाले समाचारमा लेखेका छन्।

यो घट्ना गोरखपुरको पिपराइच थाना इलाकाको हो। जहाँ वुधबार दिउँसो करिव १२ बजे महिला घरबाट निक्लिएर बिजुलीको खम्बामा चढिन। त्यसपछि रुवावासी र मजा लिनेहरु जम्मा हुन थाले। हेर्दा हेर्दै मान्छेको भिड लाग्यो। स्थानीयका अनुसार ती महिला एक ब्यक्तिसँग प्रेममा परेकी थिईन। पतिले यसको विरोध गरेपछि रिसाएर उनी विजुलीको खम्बामा चढेको जनाईएको छ। महिलाले खम्वामा चढेर ११ हजार केवीएके हाईटेंशन तार समाईन।

संयोगले त्यसबेला विजुली कटेको थियो र उनी मर्नबाट जोगिईन। यसको जानकारी स्थानीय प्रहरीले पाएपछि उनलाई सम्झाई वुझाई गरेर खम्बाबाट उतारिएको आजतकले लेखेको छ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस