२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

जनताले फरकपन महसुस गर्ने गरि कार्य गर्न मन्त्रालयका कर्मचारी लाई मन्त्री चौधरीको निर्देशन

काठमाडौं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीले मन्त्रालयका सबै शाखा प्रमुख लाई बोलाएर जनताले पाउनु पर्ने सेवा छिटो, छरितो र सहज ढङ्गले पाउने अवस्था सिर्जना गरी सुशासन कायम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन छ।

साथै राज्यले दिने सेवासुविधा, वृद्धभत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने मन्त्री चौधरीको दाबी छ। लैंगिक हिंसाका विषयमा धेरै लामो समयदेखि बहस, छलफल र यसको अन्त्यका लागि विभिन्न निकायबाट पहल–पैरवी हुँदै आए पनि महिला भएकै कारण हुने हिंसाले निरन्तरता पाइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न ठोस कार्य गर्न कर्मचारीलाई निर्देशन दिनु भयो। उप अवसरमा कर्मचारी हरुले अहिले सम्म भए गरेका कार्य हरुको कार्य प्रगति बिवरण बुझाउंदै आगामी कार्यक्रमको तयारीका बारेमा मन्त्रि लाई ब्रिफिङ्ग गरेका थिए।

लैंगिक हिंसा अन्त्यका लागि राज्यस्तरबाट राष्ट्रिय कानुनहरू र अन्तर्राष्ट्रिय सन्धि–सम्झौता कार्यान्वयनका लागि बनाइएको राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा लागू गरी बलियो अनुगमन संयन्त्र स्थापना गर्नुपर्छ। महिलाविरुद्धको हिंसा संरचनागत विभेदको परिणाम हो, जसको अन्त्यका लागि राज्यको हरेक संरचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्यमान्यताको अन्त्य जरुरी छ।

महिलाको हक–अधिकार संरक्षण र समतामूलक समाजको निर्माणका लागि विभिन्न कानुनी एवम् नीतिगत प्रयास भैरहेको भन्दै राज्यले न्यायमा महिलाको पहुँच हुन नसक्नुका कारणहरूलाई उजागर गर्दै आवश्यक कानुनी तथा संरचनागत प्रयास गरिएको भन्दै मन्त्री चौधरीले जनताले फरकपन महसुस गर्ने गरि कार्य गर्न गराउन मातहत सबै कर्मचारी लाई निर्देशन दिनु भयो।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस