२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सर्लाहीको घना बस्तिमा भीषण आगलागी

Fierce fire in the densely populated areas of Sarlahi

मलंगवा ।सर्लाहीको बसबरीया गाउँपालिका–३ बंगलवामा आगलगी हुदाँ ६ घर जलेर नष्ट भएको छ। आगलागीबाट ५ घरमा आंशिक क्षति पुगेको छ। आगलगीमा परी विन्देश्वर माझी, नरेश राय, नारायण माझी, रामविश्वास माझी, दिनेश माझी र जोकु माझिको फुसको घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। आगलागी कसरी भएकोबारे खुल्न सकेको छैन।

रामविश्वास माझीको घरबाट आगो सल्केको थियो। रामविश्वासको घरमा राखेको ग्याँस सिलिण्डर पड्किदाँ आसपासको घरमा आगो फैलिएको हो। आगलगीबाट भएको क्षतिको विषयमा विवरण संकलन भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। आंशिक क्षति भएको घरको विवरण पनि अहिले संकलन भइरहेको श्रेष्ठले बताए। आगोलाई मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रले नियन्त्रणमा लिएको छ। गर्मी बढेसँगै तराई मधेसमा आगलगीको जोखिम बढेको स्थानीयहरूले बताएका छन्।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस