२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन

An inquiry committee has been formed to study the fire at the Central Store of the Armed Police

२६ चैत, काठमाडौँ। सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा भएको आगलागीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनका अुनसार आगलागी नियन्त्रणमा आउने क्रममै छ । उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । आगो निभाउन ७ वटा दमकल प्रयोग भइरहेको छ ।

यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता थापाको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस