भक्तपुर । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ का २३ वर्षीय अमृत थापामागर पक्राउ परेका हुन्।
उनलाई प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले सनिवार साँझ पक्राउ गरेको हो। थापामगरले बालिकालाई माघ १८ गतेदेखि पटक(पटक बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार

